घुस दिन खुशी हुन्छौं, कर तिर्न दुःखीः मन्त्री गुरुङ

 भदौ १९, २०७५ मंगलबार १७:९:४३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले करको सन्दर्भमा सामाजिक सञ्जालमा व्यापक भ्रम सिर्जना गरिएको बताउनुभएको छ । 

मंगलबार कावासोतीमा भएको पत्रकार भेटघाट कार्यक्रमा उहाँले यस्तो बताउनुभएको हो ।

सामाजिक सञ्जालमा खोला तर्दा, लास पोल्दा, माग्नेलाई पनि कर लगाएको छ, बाख्रामा पनि कर लगाएको छ भन्दै भ्रमको खेती भइरहेको छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘करका बिषयमा बढाइचढाई नभएको कुरा गरिंदैछ ।’

यी सबै प्रतिपक्षहरुले सरकारविरुद्ध सुनियोजित ढंगमा गरेको प्रचार भएको समेत उहाँले बताउनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरु¨ले घुस दिन खुसी हुने तर कर तिर्न भने दुखी हुने प्रवृत्ति भएको बताउनु भयाे ।

‘१० हजार कर पर्छ अब तपाईले  ५ हजार मात्र तिरे हुन्छ, त्यसको निम्ति तपाईंले घुस दिनु पर्छ  त्यो फिप्टी फिप्टी गरौं भनेर कुनै कर्मचारीले भन्यो भने खुसी भएर हामी तयार हुन्छौं,’ उहाँले भन्नुभयो, ‘हामी  घुस दिन भने खुसी हुन्छौ, तर कर तिर्न परे दुखी हुन्छौ, त्यसलाई बोझ ठान्छौ ।’

कर भनेको बोझ नभएको तर सरकारले अनावश्यक कर भने लगाउन नहुने उहाँले बताउनु भयाे ।

अन्तिम अपडेट: चैत ११, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया