दिनेश चण्डिमलले एसिया कप गुमाउने सम्भावना

 भदौ २०, २०७५ बुधबार १६:४९:९ | एजेन्सी
unn.prixa.net

श्रीलंकाका ब्याट्सम्यान दिनेश चण्डिमल एसिया कप क्रिकेट खेल्ने सम्भावना कमजोर देखिएको छ ।

१५ सेप्टेम्बरदेखि सुरु हुने एसिया कपका लागि उनी टिममा परे पनि औँलाको चोटका कारण प्रतियोगिता गुमाउन सक्ने श्रीलंकाली क्रिकेट बोर्डले जनाएको छ । 

उनी हालै सम्पन्न टी–२० क्रिकेटका दौरान घाइते भएका छन् । यदि चण्डिमल प्रतियोगिता खेल्न नसके उनको ठाउँमा निरोशन डिकवेलाले स्थान पाउने जनाइएको छ ।
चण्डिमल बल टेम्परिङको ६ म्याच प्रतिबन्धपछि टिममा फर्किएका थिए ।

एसिया कपकै लागि श्रीलंकाका तीव्र गतिका बलर लासिथ मालिंगा टिममा फर्किएका छन् ।

एसिया कपको पहिलो खेलमा श्रीलंकाले बंगलादेशसँग खेल्ने छ । उक्त समूहमा अफगानिस्तान पनि रहेको छ ।
 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया