एसिया कप छनोट खेल्न मलेसिया गएको टोली भोलि नेपाल फर्किने

 भदौ २१, २०७५ बिहिबार १०:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप छनोट खेल्न मलेसिया गएको नेपाली टोली शुक्रबार स्वदेश फर्कने भएको छ । मलेसियामा भएको प्रतियोगितामा चौथो भएको नेपाल शुक्रबार मध्यान्ह सवा १२ बजे काठमाडौं आइपुग्ने छ । 

मलेसियामा नेपाल यूएई, ओमान र हङकङसँग पराजित भएपछि छनोट चरणको फाइनल खेल्ने सपना तुहिएको थियो । एसिया कप छनोटको उपाधिका लागि हङकङ र युएई भिड्दै छन् । यी दुईको विजेताले १५ सेप्टेम्बरदेखि सुरु हुने एसियाकपमा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै शुक्रबार फर्कन लागेको नेपाली टोलीमा सन्दिप लामिछाने पनि सँगै आएका छन् । नेपालले एसिया कपमा स्थान बनाउन नसके पनि सन्दीपले भने यस प्रतियोगितामा उत्कृष्ट बलिङ गर्दै १५ विकेट लिएका थिए । अन्तिम खेलमा हङकङविरुद्ध उनले ५ विकेट लिए पनि नेपाल पराजित भएको थियो । 

एसिया कपको छनोटका लागि नेपाली टिम काठमाडौबाट जाँदा सन्दीप सीपीएल खेल्न गएकाले सँगै गएका थिएनन् । सन्दीप सीपीएल खेलेर उतैबाट मलेसिया आएका थिए ।

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • hemraj bhatta

    Sept. 6, 2018, 6:12 p.m.

    सन्दीप सिपिएल खेल्न जाने हो कि नाइँ अब /

  •  0 Reply

तपाईको प्रतिक्रिया