म कट्रिनासँग बच्चा जन्माउन चाहन्छु, उनको जस्तो लवज भएका केटीहरु मनपर्छ: कार्तिक

 भदौ २१, २०७५ बिहिबार १६:५९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फिल्म ‘प्यार का पञ्चनामा’ र ‘सोनू के टीटु की स्वीटी’ जस्ता हिट फिल्ममा काम गरिसकेका अभिनेता कार्तिक आर्यन एक पटक फेरि चर्चामा आएका छन् ।

कार्तिकलाई यतिबेला बलिउडमा एकपछि अर्को गर्दै फिल्ममा काम गर्ने अफरहरु आइरहेका छन । तर अहिले उनी फिल्मका लागि नभई उनले बोलेको कुराका कारण चर्चामा छन् । 

फेशन डिजाइनर अनाइता अदजानियाको च्याट शो ‘फीट अप विद द स्टार्स’ को पछिल्लो प्रोमो अनाइताले उनको इन्स्टाग्राममा शेयर गरेकी छिन् । जसमा अनाइताले कार्तिकलाई रमाइला रमाइला प्रश्नहरु सोधिरहेकी छिन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Anaita Adajania (@anaitashroffadajania) on

यसैबीच अनाइताले कोसँग बच्चा जन्माउन चाहनुहुन्छ? भन्ने प्रश्नमा कार्तिकले अभिनेत्री कट्रिना केफको नाम लिएका छन । साथै कट्रिनाको जस्तो लवज भएका केटीहरु मन पर्छ भनेका छन् ।

अभिनेत्री कट्रिना यतिबेला सलमान खानसँग फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त छिन् । कार्तिकले कट्रिनाको बारेमा दिएको बयानप्रति सलमानले कस्तो प्रतिक्रिया दिनेछन् भने चर्चा यतिबेला भइरहेको छ । 

तर कार्तिकको यस किसिमको बयानले उनी कट्रिनालाई मन पराउँछन्, साथै उनी कट्रिनाका साथ फिल्ममा काम गर्न चाहन्छन् भन्ने कुरा प्रष्ट भएको छ ।

यसअघि यही शोमा फिल्म निर्माता तथा निर्देशक करण जोहरले पनि कैयौं व्यक्तिगत कुराको खुलासा गरेका थिए । साथै बलिउडका अभिनेत्रीमध्ये कसैसँग विवाह गर्ने मौका मिलेमा करीना कपूरसँग विवाह गर्ने बताएका थिए । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया