किन छोडिन् प्रियंकाले सलमानको फिल्म ‘भारत’ ?

 भदौ २२, २०७५ शुक्रबार १०:६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ छोडेसँगै अनेक किसिमका चर्चाहरु चलिरहेको छ ।  केहीले प्रियंकाले हलिउड फिल्मका लागि ‘भारत’ छोडेको केहिले प्रियंकाले विवाह गर्नका लागि फिल्म छोडेको बताउँदै आइरहेका थिए । 

तर पछिल्लो समय प्रियंकाले सलमान खानकी पूर्व म्यानजर रेशमा शेट्टीको कुरा सुनेर फिल्म छोडेको खबरहरु आइरहेका छन् । रेशमाले प्रियंकालाई उनको ओहोदा निकै माथि पुगिसकेकाले ‘भारत’ फिल्ममा  उनको भूमिका लायक नभएको बताएकी थिइन् । 

केही वर्ष अघि सलमान खानको म्यानेजर भएर सलमानको करियर बनाउन सहयोग गर्ने रेशमा अहिले प्रियंंका चोपडाको फिल्म चयनको काम हेर्ने गर्छिन् । रेशमालाई प्रियंकाले भारत फिल्ममा काम गरेको चित्त बुझेको थिएन, जहाँ अरु कलाकारहरुकाबीच प्रियंकाको स्टारडममा कमी आओस् ।  

फिल्म ‘भारत’ को कास्टिङ नै चित्त नबुझेपछि उनले प्रियंकालाई लागि ‘भारत’ योग्य नरहेको भन्दै सम्झाएकी थिइन् । त्यसपछि प्रियंकाले फिल्मका निर्देशक अली अब्बास जफरलाई फोन गरेर आफू यस फिल्ममा काम गर्न नसक्ने जानकारी गराएकी थिइन् । त्यपछि निर्देशकले सामाजिक संजालमा प्रियंकाले व्यक्तिगत कारण फिल्म छोडेको खबर सार्वजनिक गरेका थिए । 

यस अघि आफैले निर्देशकलाई फोन गरेर फिल्ममा काम मागेकी प्रियंकाले फिल्म छायाँकनको ५ दिन अगाडि आएर फिल्म छोड्दा सलमान रिसाएका थिए । सलमान र उनकी म्यानेजर रेशमाबीचको सम्बन्ध यस अघि नै बिग्रिएको थियो । रेशमा आफ्ना कुनै पनि क्लाइन्ट सलमान खान वा उनको टिमका साथ काम नगरुन् भन्ने चाहन्छिन् । 

सलमानले यसअघि एक कार्यक्रममा प्रियंकाले फिल्म ‘भारत’ को छायाँकन सुरु हुनु पाँच दिन अगाडि फिल्म छोड्ने कुराको जानकारी दिएर हामीलाई धेरै सहयोग गरेकी छिन् । अब उनले छिट्टै विवाह गरेर घरजम गर्दा हुन्छ भनेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया