वैदेशिक रोजगारीका सबै जानकारी मोबाइल एपबाट

 भदौ २६, २०७५ मंगलबार ७:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - वैदेशिक रोजगारसम्बन्धी सबै जानकारी अब मोबाइल एपबाट लिन सकिने भएको छ । सरकारले सबै विवरण समेटेर  ‘वैदेशिक रोजगार’ एप निर्माण गरेको हो ।

एपबाट पूर्वस्वीकृतिको विवरण प्राप्त हुने, राहदानी र स्टिकर नम्बरका आधारमा श्रम स्वीकृतिको विवरण लिन सकिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । इजाजतप्राप्त संस्था, अभिमुखीकरण तालीम प्रदायक संस्था तथा स्वास्थ्य परीक्षण गर्ने संस्थाको अवस्था र अन्य विवरण पनि एपमै उपलब्ध हुनेछ । 

एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध बिमा कम्पनी र बैंकको विस्तृत विवरणसमेत एपबाट हेर्न सकिने छ । रोजगारीका क्रममा केही समस्या आइपरे तत्काल सम्पर्क गर्न गन्तव्य देशमा रहेका महत्वपूर्ण निकाय तथा व्यक्ति, दूतावास, श्रम काउन्सुलर तथा श्रम सहचारीको सम्पर्क विवरण एपबाटै प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै सार्वजनिक सूचना, विभिन्न नीति नियम, प्रतिवेदनसमेत मोबाइलबाटै अध्ययन गर्न सकिने छ । साथै श्रम स्वीकृति नवीकरणको फारम पनि एपबाटै भर्न सकिने व्यवस्था गरिएको छ । 

एन्ड्रोइड मोबाइलमा  ‘वैदेशिक रोजगार’ एप डाउनलोड गर्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया