सन् २०३० मा ५० लाख पर्यटक भित्राउने लक्ष्यसहित सकियो हिमालयन ट्राभल मार्ट

 जेठ २०, २०७५ आइतबार २०:१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सन् २०३० को एकै वर्षमा नेपालमा ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित काठमाडौंमा दोस्रो हिमालयन ट्राभल मार्ट सकिएको छ ।

नेपाल पर्यटनको बोर्डको आयोजना तथा प्यापिफिक एसिया ट्राभल एसोसियन, संस्कृति पर्यटन तथा नागरिक उड्यन प्राधिकरण लगायतको सहआयोजनामा गएको शुक्रबारदेखि भएको मार्टमा नेपालको पर्यटनका प्याकेज किन्ने २६ देशका क्रेता र पर्यटनको प्याकेज बेच्ने ५२ देशका विक्रेताको सहभागिता थियो ।

नेपाल लगायत दक्षिण एशियाका सबै पर्यटन ब्यवसायी सहभागि रहेको भनिएको कार्यक्रमको मुख्य विषय सस्टेनेवल रोड टु फाइभ मिलियन भिजिटर्स बाइ २०३० रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ  । कार्यक्रमको मुख्य आकर्षणका रुपमा रहेको अन्तराष्ट्रिय ट्राभल ब्लगर्स मिडिया सम्मेलनमा १८ देशका ४३ जना ब्लगरको सहभागिता थियो ।

यस्तै, कार्यक्रममा अन्तराष्ट्रिय चीन लगानी मञ्चका अध्यक्ष डाक्टर मार्कोस लीले चीनको पर्यटन बजारवाट कसरी नेपालले कसरी फाइदा लिन सक्छ भन्ने विषयमा धारणा राख्नुभएको थियो । यसैगरि बलिवुडका प्रसिद्ध निर्देशक मधुर भण्डारकरले पर्यटनले चलचित्रवाट कसरी फाइदा लिन सक्छ भन्ने विषयमा अनुभव सुनाउनुभएको थियो । त्यस्तै अन्र्तराष्ट्रिय ब्लगर्स संघका  अध्यक्ष म्याट गिव्सनले नेपाललाई कसरी बिद्युतीय माध्यमवाट फाइदा हुन सक्छ भन्ने विषयमा विशेष सम्बोधन गर्नुभएको छ ।

गएको साल भएको पहिलो हिमालयन ट्राभल मार्टको सफलतापछि नेपाल झनै हौसिएको पाटा नेपालका अध्यक्ष सुनिल शाक्यले जानकारी दिनुभयो । नेपाल हिमालको प्रवेशद्धार हो भन्ने विश्वभर सन्देश फैलाउन हिमालयन ट्राभल मार्टले मुख्य भूमिका खेलेको उहाँको भनाई छ । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया