स्वारा भाष्करकाे ट्वीटमा अपशब्द लेखेपछि ब्लक भयाे विवेक अग्निहोत्रीको ट्वीटर अकाउन्ट

 भदौ २६, २०७५ मंगलबार १८:३०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक स‍ञ्जालमा समसामायिक विषय तथा घटनाहरुमा अभिनेत्री स्वारा भास्करले आफ्नो विचारहरु राख्दै आइरहेकी हुन्छिन् । यही कारण स्वारा भास्कर बेलाबेलामा चर्चा तथा विवादहरुमा छाइरहेकी पनि हुन्छिन् । 

अहिले स्वाराले गरेको ट्वीटमा प्रतिक्रिया दिएका फिल्म निर्देशक विवेक अग्निहोत्रीको ट्वीटर अकाउन्ट ब्लक भएको छ । 

स्वारा भास्करले केरलाकी भिक्षुणीमाथि भएको बलात्कारको विषयमा केरलाका विधायक पीसी जर्जले दिएको विवादित बयानको आलोचना गरेकी थिइन् । 
स्वाराले विधायकले बोलेको कुरा निकै लाजमर्दो र घृणित भएको र भारतको राजनीतिक धारा र विभाजित धर्ममा हुने घोटाला निकै खराब रहेकी बताएकी थिइन् ।


स्वाराको यस किसिमको ट्वीटप्रति फिल्म निर्देशक विवेक अग्निहोत्रीले स्वारालाई नै अपशब्द लेखेपछि स्वारा र विवेकबीच ट्विटरमै भनाभन भयो । त्यसपछि स्वाराले विवेकको ट्वीटप्रति ट्विटरमा रिपोर्ट गरेपछि विवेकले उक्त ट्वीट डिलिट गर्नुपरेको थियो । 

साथै स्वाराले रिपोर्ट गरेपछि ट्वीटरले जवाफमा,‘हामीले तपाईंले रिपोर्ट गरेको अकाउन्ट आकलन गर्‌‍यौं र त्यो अकाउन्ट ट्विटरको नियम विपरित भएको पनि पायौं । त्यसैले त्यो अकाउन्टलाई ब्लक गरिदिएका छौं ।’ भन्दै रिप्लाई गरेको थियो । 

पञ्जाबको जालन्धरका बिशेष फ्रेन्को मुलक्कलमाथि केरलाकी एक भिक्षुणीलाई बलात्कार गरेको आरोप लागेपछि केरलाका विधायक पीसी जर्जले विवादिद बयान दिएका थिए । उनले बलात्कारको आरोप लागेका बिसपको पक्ष लिएर पीडित भिक्षुणीको चरित्रमाथि औंला उठाएका थिए । 

यसै कुराको विरोधमा स्वराले सामाजिक सञ्जालमा आफ्नो विचार राख्दा फिल्म निर्देशक विवेक अग्निहोत्रीले उल्टै स्वारामाथि नै अपशब्द प्रयोग गर्दै ट्वीट गरेपछि उनी ट्वीटरमा ब्लक भएका हुन् ।

अग्निहोत्रीले फिल्म ‘चकलेट’, ‘हेट स्टोरी’ र ‘जिद’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया