सात महिना अलमलमै बित्यो, यो सरकारले काम गर्न सक्दैन : गच्छदार

 भदौ २६, २०७५ मंगलबार १९:२७:२० | सुमन तिमल्सिना

मोरङ – नेपाली कांग्रेस संसदीय दलका उप–नेता विजयकुमार गच्छदारले सरकारले लगाएको नारा अनुसार काम गर्न नसकेको बताउनु भएको छ । 

उहाँले सकारात्मक तथा मुलुकको समृद्धि र विकासको काममा नेपाली कांग्रेसको जहिले पनि  साथ र सहयोग रहने भन्दै सरकार गठन भएको सात महिना पुग्दा पनि बोले अनुसार सरकारले कामको शुरुआत गर्नै नसकेको आरोप लगाउनुभयो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान सरकारले अघि सारे पनि त्यसअनुसारको कुनै पनि काम सरकारले अघि बढाउन नसकेको गच्छदारले बताउनुभयो ।   विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले मुलुकमा विकास र समृद्धि भन्दा पनि सरकार अन्यत्रै अल्झिरहेको उल्लेख गर्नुभयो ।

नेता गच्छदारले संघीयता स्थापित गर्दै मुलुकमा राजनितिक स्थायित्व कायम गर्न दलहरु प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । संघीयता कार्यान्वयन चरणमा रहेकाले संघीयतालाई कसैले पनि अब समाप्त पार्न नसक्ने उहाँको तर्क छ । 

मुलुकको राज्य प्रणालीलाई संसदीय मूल्य मान्यता अनुसार अघि बढेमा मात्र लोकतन्त्र बलियो हुने भन्दै उनले लोकतन्त्रको मेरुदण्डको रुपमा रहेको स्वतन्त्र न्यायालय र प्रेसलाई नियन्त्रण गर्ने प्रयास कहीँकतैबाट हुन नहुने बताउनुभयो ।प्रेस र स्वतन्त्र न्यायालयलाई कमजोर बनाउन खोजे लोकतन्त्र कमजोर हुने उहाँको भनाई छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया