पर्वतमा भेटिएको अनौठो सर्प कालीनाग भएको पुष्टि

 भदौ २७, २०७५ बुधबार ६:२५:७ | रासस
unn.prixa.net

पर्वत – पर्वतमा पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ । 

कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प सर्प संरक्षक महेन्द्र कातिलाको पहलमा संरक्षण क्षेत्रमा लगिएको हो । 

संरक्षण सूचीमा रहेको अत्यन्तै दुर्लभ अनि संसारकै विषालु  राजगोमन अर्थात् कालीनागले समेत चिनिने किङ कोब्रा ११ फिट लम्बाइ तथा साढे ९ किलोग्राम तौलको छ । उक्त सर्पलाई पोखराबाट आएका तीन प्राविधिक कातिला, रोशन गिरी र रवीन्द्र विश्वकर्मा तथा डिभिजन वन कार्यालय पर्वतबाट खटिनुभएका चूडामणि बराल, गोविन्द पौडेल र ईश्वर पुरीले कालीनाग भएको पुष्टि गरेका थिए । 

जिल्लामै पहिलो पटक यति ठूलो सर्प अहिलेसम्म देखिएको थिएन ।  उक्त सर्पलाई प्राविधिकले उपयुक्त बासस्थानमा छाडिएको बताएका छन् । शनिबार बस्ती नजीकैको बारीमा देखिएको उक्त सर्प आइतबार बिहान स्थानीयवासी चक्रपाणि सुवेदीको घरको कोठामा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा शनिबार अपराह्न ३  बजे स्थानीयवासीले बारीमा देखेका थिए ।  यस क्षेत्रमा पाइने अर्को सर्पलाई झण्डै चार घण्टा लगाएर त्यसले खाएको थियो ।  

तराई क्षेत्रमा पाइने याे प्रजातिको सर्प कसरी यस क्षेत्रमा आइपुग्यो भन्ने अनुसन्धान गर्नुपर्ने सर्प संरक्षक कातिलाले बताउनुभयो । साना र सामान्य खालका सर्प मात्र देखिने गरेको क्षेत्रमा ठूलो प्रजातिको सर्प घरभित्रै पसेपछि स्थानीयवासी त्रसित बनेका थिए । 

याे पनि पढ्नुहाेस् । 
अनौठो सर्प देखिएपछि गाउँले त्रसित

 

अन्तिम अपडेट: चैत १२, २०८०

3 Comments

  • BPBhattarai

    April 27, 2020, 8:58 p.m.

    ११ फिटको सर्प ९ किलोग्राम मात्र हुन्छ र भन्या। राम्रो लेख्नु पर्यो, सम्पादन गर्नु पर्यो है साथी हो।

  •  0 Reply
  • नारायणराज पन्त

    Oct. 7, 2019, 6:50 p.m.

    नेपालको पहाडी भागमा पनि यो जातको सर्प पाइने रहेछ भन्ने कुरा यसबाट प्रमाणित हुन्छ।

  •  0 Reply
  • anuj

    Dec. 5, 2018, 4:43 a.m.

    त्यो घर नजिक नागदेवताको नियमित पूजा गर्नुपर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया