साफ च्याम्पियनसिपमा नेपाल भर्सेस मालदिभ्स : यस्तो छ इतिहास

 भदौ २७, २०७५ बुधबार १५:८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल माल्दिभ्सविरुद्ध मैदानमा उत्रिँदैछ । 

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार पौने ४ बजेदेखि सुरु हुँदैछ ।

समग्रमा चौथो पटक सेमिफाइनल खेल्न लागेको नेपाली टिमका लागि माल्दिभ्स केही कमजोर देखिएको छ । समूह चरणको दुई खेलमा एक बराबरीका कारण माल्दिभ्स टसमा भाग्यमानी बन्दै सेमिफाइनलमा पुगेको हो । उसले श्रीलंकासँग गोलरहित बराबरीमा अंक बाँडेको थियो भने भारतसँग २–० को हार ब्यहोरोको थियो । 

माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलमा राम्रो आउनेमा नेपाली टिम तथा प्रशिक्षक ढुक्क छन् । प्रतियोगितामा माल्दिभ्सको प्रदर्शन त्यति राम्रो पनि देखिएको छैन । तर नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई अहिलेसम्म हराउन सकेको छैन । 

साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म जम्मा ६ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो । साफ च्याम्पियसिपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो । 

समग्रमा भने नेपाल र माल्दिभ्स १५ पटक खेलेका छन् । नेपालले चार खेल जितेको छ भने सात खेलमा पराजय भोगेको छ । बाँकी चार खेल बराबरीमा सकिएका छन् । नेपाल र माल्दिभ्स अन्तिम पटक सन् २०१२ मा मैत्रिपूर्ण खेलमा भिडेका थिए । जसमा नेपाल २–१ ले पराजित भएको थियो ।

साफ च्याम्पियनसिपमा नेपाल भर्सेस माल्दिभ्स 

१९९९     नेपाल २    माल्दिभ्स ३
१९९९    नेपाल ०     माल्दिभ्स २
२००३    नेपाल २    माल्दिभ्स ३
२००८    नेपाल १     माल्दिभ्स ४
२००९    नेपाल १    माल्दिभ्स १
२०११    नेपाल १    माल्दिभ्स १
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया