खुस्बु ओलीले पाइन् एएफसी ड्रिम एसिया अवार्ड

 भदौ २७, २०७५ बुधबार १५:३७:२० | उज्यालो सहकर्मी

काठमाडौं – सडक बालबालिकाको क्षेत्रमा अभियान चलाउँदै आएकी नेपाली मोडल खुस्बु ओली एएफसी ड्रिम एसिया अवार्डबाट सम्मानित भएकी छिन् ।

नेपालका सडक बालबालिकालाई स्ट्रिट चाइल्ड वल्र्डकपमा खेलाउन नेपाली टिम तयार गरेकी ओलीलाई आज मलेसियामा भएको सामाजिक उत्तरदायित्व सम्मेलनमा एएफसीले त्यो सम्मान दिएको हो । सम्मानसँगै एएफसीले उनलाई १० हजार अमेरिकी डलर पुरस्कार समेत प्रदान गरेको छ ।

खुस्बु ओलीसँगै जुरिच मलेसिया एण्ड द वल्र्ड भिजन मलेसिया फाउण्डेसन र इन्डोचाइना स्टारफिस फाउण्डेसलाई पनि यो अवार्ड दिइएको छ । यस संस्करणदेखि ब्यवासयिक, गैरसरकारी संस्था तथा व्यक्तिगत गरी तीनवटा विधामा अवार्ड दिइएको छ ।

खुस्बु ओली सडक बालबालिको क्षेत्रमा काम गर्ने संस्था शेल्टर आश्रय नेपालकी संस्थापक हुन् ।  

सन् २०१७ मा खुस्बु ओलीको प्रमुख सक्रियतामा एन्फाको प्राविधिक सहयोगमा राष्ट्रिय सडक बालबालिका फुटबल लिगको आयोजना भएको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया