साफ च्याम्पियनसिप : चट्याङको खतरा भएको भन्दै स्थगित भयो खेल

 भदौ २७, २०७५ बुधबार १६:२०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

साफ च्याम्पियनसिपको सेमिफाइनल खेल स्थगित भएको छ । गड्याङगुडुङ र चट्याङको खतराका कारण खेल स्थगित गरिएको हो । खेलाडी तथा रेफ्रीहरू पनि बाहिर निस्किएका छन् । 

खेलाडीका लागि खतरा हुनसक्ने सम्भावनाका कारण खेल रोकिएको हो । २८औं मिनेटको खेल जारी रहँदा रेफ्रीले खेल रोकेको हो । म्याच कमिस्नर र रेफ्रीहरुले सल्लाह गरेर केही समयपछि खेल सुरु गर्ने बताएका छन् ।

बंगलादेशको ढाकामा रहेको बंगबन्धु रंगशालामा भैरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा मालदिभ्सले नेपालविरुद्ध सुरुवातमै एक गोलको अग्रता बनाएको छ ।

खेलको नवौँ मिनेटमा मालदिभ्सका अब्दुल घानीले सोझै फ्रिकिकलाई गोलमा परिणत गरेका हुन् ।

नेपालको डिफेन्स केही कमजोर देखिएको छ भने टिमको कम्बिनेशन पनि राम्रो देखिएको छैन ।
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया