साफ च्याम्पियनसिप: चट्याङको खतराले राेकिएकाे खेल सुरु

 भदौ २७, २०७५ बुधबार १६:४५:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

गड्याङगुडुङ र चट्याङको खतराका कारण स्थगित गरिएको साफ च्याम्पियनसिप अन्तरगतकाे सेमिफाइनल खेल फेरि सुरु भएको छ ।

वर्षा र चट्याङका कारण खेल २८ औं मिनेटमा गएर रोकिएको थियो ।

म्याच कमिस्नर र रेफ्रीहरुले सल्लाह गरेर केही समयपछि खेल सुरु भएको हो ।

खेल स्थगित हुनुअघि बंगबन्धु रंगशालामा भैरहेको साफ च्याम्पियनसिपको सेमिफाइनलमा मालदिभ्सले नेपालविरुद्ध सुरुवातमै एक गोलको अग्रता बनाएको छ । खेलको नवौँ मिनेटमा मालदिभ्सका अब्दुल घानीले फ्रिकिकलाई सोझै गोलमा परिणत गरेका हुन् ।

नेपालको डिफेन्स केही कमजोर देखिएको छ भने टिमको कम्बिनेशन पनि राम्रो देखिएको छैन ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया