५ हजार रुपैयाँ घुससहित सर्इ यादव रंगेहात पक्राउ

 भदौ २७, २०७५ बुधबार १७:१२:३१ | धनवीर महतो

महोत्तरी – इलाका प्रहरी कार्यालय रामगोपालपुरका इन्चार्ज सर्इ रामबाबु प्रसाद यादव घुससहित रंगेहात पक्राउ परेका छन् । 

बुधबारदसेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादवलाई पक्राउ गरेको हो ।

बुधबार दिउँसोको समयमा सई यादवले एकजना सेवाग्राहीलाई भारतीय बजारबाट सामान ल्याउने क्रममा सीमामा सहयोग गरिदिन्छु भन्दै रकम माग गरेको रकम लिँदै गर्दा यादव पक्राउ परेको अख्तियार दुरुपयोग आयोगको कार्यालय बर्दिवासले जनाएको छ ।

सई यादवलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया