दोर्दी जलविद्युत आयोजनामा काम गर्ने दुई जनालाई मर्स्याङ्दीले बगायो

 भदौ २७, २०७५ बुधबार २०:२९:५१ | श्यामशितल परियार

लमजुङ – लमजुङको दोर्दी जलविद्युत् आयोजनामा काम गर्ने दुई जनालाई मर्स्याङ्दी नदीमा आएको बाढीले बगाएको छ । 

बेशीशहर नगरपालिका–१०, चितीमा निर्माण भैरहेको दोर्दी जलविद्युत् आयोजनामा काम गर्ने ठेगाना नखुलेका बलिराम चौधरी र लक्ष्मण थारूलाई मस्र्याङ्दीले बगाएको प्रहरी नायव उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो । अविरल वर्षा र नदीको ठूलो भेलले खोजी कार्य प्रभावित भएको प्रहरीले जनाएको छ ।

यस्तै मर्स्याङ्दीगाउँपालिकामा पर्ने तोब्रो खोलामा आएको बाढीले एउटा ट्रयाक्टरसहित दुई घर बगाएको छ । ताघ्रिङको रामबजारका जितबहादुर गुरुङ र दमै गुरुङको घर बगाएको हो । नजिकै पार्किङ गरिराखेका एउटा ट्रयाक्टर र तीनवटा मोटरसाइकल पनि बगाएको प्रत्यक्षदर्शी बलबहादुर गुरुङले बताउनुभयो ।

बाढीले माथिल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको कार्यालय र अन्य घर पनि जोखिममा रहेका स्थानीयबासिन्दाले बताएका छन् । 

अन्तिम अपडेट: फागुन २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया