लमजुङमा बाढीपहिरोको कहर : ३ जनाको ज्यान गयो, ४ जना बेपत्ता

 भदौ २७, २०७५ बुधबार २२:६:४७ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – अविरल वर्षापछि आएको पहिरोमा परि लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । 

मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकका अनुसार मर्स्याङ्दी गाउँपालिका वडा नम्बर –३, पल्लोटारीमा घरमाथिबाट आएको पहिरोबाट ज्यान जोगाउन भाग्ने क्रममा ६५ वर्षीया अतिरुपा थापा र थापाकी १० वर्षीया नातिनी सिरास थापाको मृत्यु भएको छ । 

त्यस्तै  पहिरोमै परि श्रीचौरकी ४७ वर्षीया बिष्णुकुमारी गुरुङको  मृत्यु भएको छ ।

 बेंसीसहर–चामे सडक खण्डको अर्खलेबेंसीमा पहिरोमा परि २ जना जना बेपत्ता भएका छन् ।

मर्स्याङ्दीमा एक्कासि आएको बाढीले बगाउँदा बेसीसहर नगरपालिका ११, रामचोकबेंसीस्थित दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका २ जनालाई मस्र्याङ्दीले बगाएको छ । 

लमजुङका प्रहरी नायव उपरीक्षक यादव ढकालका अनुसार पावर हाउसको काममा कार्यरत बर्दियाका अन्दाजी २८ वर्षीय बलिराम चौधरी र अन्दाजी २२ वर्षीय लक्ष्मी प्रसाद  थारुलाई मर्स्याङ्दीले बगाएको छ ।

बेपत्ताहरुको खोजी कार्य जारी रहेको ढकालले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया