कलिङउडले क्रिकेटबाट सन्यास लिने

 भदौ २९, २०७५ शुक्रबार ६:५९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्डका पूर्व अलराउण्डर पल कलिङउडले क्रिकेटको सबै फरम्याटबाट सन्यास लिने घोषणा गरेका छन् । 

अहिले पहिलो श्रेणी खेली रहेका कलिङउडले प्रथम श्रेणी क्रिकेटको सिजनको अन्त्यसँगै सबै फरम्याटबाट सन्यास लिने घोषणा गरेका हुन् । 

तीन पटक इंग्ल्याण्डले एसेज श्रृंखला जित्दा महत्वपूर्ण सदस्य रहेका कलिङउडले इंग्ल्याण्डका लागि ६८ टेस्ट तथा १९७ एकदिवसिय र ३६ टी ट्वान्टी क्रिकेट खेलेका छन् । 

इंग्ल्याण्डले सन् २०१० मा टी २० विश्वकप जित्दा उनीनै कप्तान थिए । ४२ वर्षीय कलिङवुड अहिले डरहमबाट खेलिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया