बलिउड सुपरस्टार गोविन्दा काठमाडौंमा

 भदौ ३०, २०७५ शनिबार १४:२३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बलिउड सुपरस्टार गोविन्दा शनिबार नेपाल आउनु भएको छ ।

बलिउड सुपरस्टार गोविन्दा आइतबार काठमाडौंमा आयोजना हुने ‘एलजी फिल्म अवार्ड’ वितरण समारोहमा सहभागी हुन छोरीका साथ शनिबार काठमाडौं आउनु भएको हो । उहाँको नेपाल बसाई ३ दिनको हुनेछ । बलिउड सुपरस्टार गोविन्दाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई धन्यवाद दिनुभयो ।

नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरि हिल्स पुग्ने आफ्नो योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । बलिउड सुपरस्टार गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय कलाकारहरुसँगको सामूहिक भेटमा गोविन्दालाई ‘ज्वाई’ भन्दै सम्बोधन गर्नु भएको थियो ।

गोविन्दाकी श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् । यसअघि बलिउड सुपरस्टार गोविन्द अभिनेत्री मनिषा कोइरालाको विवाहमा सहभागी हुन नेपाल आउनु भएको थियो । आफ्नो गज्जवको डान्स स्टाइल र कमेडीका माध्यामबाट दर्शकको मनमा राज गर्नु भएका गोविन्दा बलिउडका चर्चित अभिनेता हुनुहुन्छ ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया