खोलाले बगाएर दुई बालबालिकाको मृत्यु

 भदौ ३१, २०७५ आइतबार ८:३५:३४ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – खोलाले बगाउँदा दुईजना बालबालिकाको ज्यान गएको छ । शनिबार बेलुका ६ बजे दार्मा गाउँपालिका –६ बुर्तिबाङ निवासी पूर्णिमा केसीकी ६ वर्षीया छोरी रेखा केसी र दुई वर्षीय छोरा मोहन केसीको ज्यान गएको हो । 

तीज मनाउन रुकुम माइतीबाट घर फर्किँदै गर्दा स्थानीय दार्मा खोलाले तीनै जनालाई बगाए पनि आमा भने बाँच्न सफल भएको ईलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ । 

खोलाले बगाएपछि स्थानीय र प्रहरीले खोजी गरेका थिए । दुई वर्षीय बालक मोहनको शव राति १० बजे भेटिएको हो भने छोरी रेखाको शव बिहान दुई बजे फेला परेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: चैत २२, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया