सोमबार दिनार र कोरियन वनको भाउ केही पैसाले घट्यो

 असोज १, २०७५ सोमबार १०:११:२२ | उज्यालो सहकर्मी

काठमाडौं – सोमबार रियाल, दिर्हाम र दिनार आइतबार कै भाउमा साट्न सकिने छ । कोरियन वन र दिनार भने केही पैसाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले सोमबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रिदर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रिदर २७ रुपैयाँ ८५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २२ र बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ६० पैसा छ भने बिक्रिदर ३ सय ८० रुपैयाँ ५८ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर ३ सय ०४ रुपैयाँ १० पैसा र बिक्रिदर ३ सय ०५ रुपैयाँ ६९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया