सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो, चरा ठोक्किएपछि विराटनगरमा ग्राउण्डेड

 असोज १, २०७५ सोमबार १५:१:४६ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – काठमाडौमा चरा ठोक्किँदै उडेको सौर्य एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।

काठमाडौं विमानस्थलबाट उड्दै गरेको जहाजमा चरा ठोक्किएक पनि ल्याण्ड नगरी पाइलटले सिधै विराटनगर ल्याएका हुन् । जहाज अवतरण गर्ने बेलामा ठूलो आवाज आएको यात्रुहरुले बताएका छन्  । त्यो बेला विराटनगर विमानस्थलका यात्रुहरु आँतिएका थिए ।

चरा दाँया इन्जीनमा ठोक्किएको कारण इन्जीनको पंखामा नै क्षति पुगेको छ ।  जहाजमा चरा ठोक्किएपछि  पंखामा क्षति पुगेकोले जहाज नै उडान गर्न नसक्ने अवस्थामा विराटनगर विमानस्थलमा ल्याण्ड गराइएको सौर्य एयरलाइन्सका विराटनगर स्टेशन प्रमुख प्रकाश पौडेलले जानकारी दिनुभयो ।

उहाँले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै जहाज उडाउन नसकिने बताउनुभयो ।  जहाजमा चरा ठोक्किएको धेरै समयपछि विराटनगर ल्याण्ड गर्नै लाग्दा कन्ट्रोल टावरले विमानमा खराबी आएको जानकारी गराएपछि मात्र विमान चालकले समस्याको बारेमा जानकारी पाएका थिए ।

विमान २ दिन विराटनगरमा नै ग्राउण्डेड हुने र पूर्ण रुपमा मर्मत भएपछि नियमित उडान गरिने विराटनगर स्टेशन प्रमुख पौडेलले बताउनुभयो । यसअघि पनि चराकै कारण धेरै जहाजहरु दुर्घटनाबाट जोगिएका छन्  ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया