मोबाइलको बीमा गर्नुहोस्, हराएमा पुरानो डाटासहित नयाँ मोबाइल लिनुहोस्

 असोज १, २०७५ सोमबार १९:१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालमा मोबाइल फोन बीमासम्बन्धी सेवा पनि सञ्चालनमा आएको छ ।

मेरो सुरक्षा प्रालि र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच मोबाइल फोन बीमासम्बन्धी सेवा सञ्चालन गर्ने समझदारी भएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको त्यो सेवा लिन मोबाइल फोन धनीले आफ्नो मोबाइलको मूल्यको ५ प्रतिशत रकम बीमाका लागि प्रिमियर इन्स्योरेन्स कम्पनीमा बुझाउनुपर्नेछ ।

मोबाइल फोन बीमा गरेपछि कम्पनीले एक वर्षसम्म त्यो मोबाइल फुटेमा, आगो वा पानीले मोबाइलको भौतिक क्षति भएर नचल्ने भएमा वा हराए÷चोरी भएमा मेरो सुरक्षा प्रालिले पहिलेको मोबाइलको डाटासहित नयाँ मोबाइल सेट उपलब्ध गराउने मेरा सुरक्षा प्रालिका प्रमुख कार्यकारी अधिकृतक प्रेम सुनुवारले जानकारी दिनुभयो ।

कम्पनीले मोबाइल फोन बीमा कार्यक्रमका लागि महानायक राजेश हमाललाई ब्रान्ड एम्बेसडर पनि नियुक्त गरेको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया