चिनियाँ समानमा अमेरिकाले लगायो अहिलेसम्मकै धेरै कर !

 असोज २, २०७५ मंगलबार १५:४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकाले चिनियाँ सामानमा अहिलेसम्मकै धेरै कर बढाएको छ ।

आउँदो सोमबारदेखि लागू हुनेगरी अमेरिकाले चिनियाँ ५ हजारभन्दा धेरै बस्तुमा २ सय अर्ब डलर कर बढाएको छ । अमेरिकाले चिनियाँ ह्याण्ड ब्याग, चामल, कपडालगायतका सामानमा कर बढाएको हो ।

यसअघि काठको सामानमा आयात शुल्क नबढाउने घोषणा गरेको अमेरिकाले यो पटक काठको सामानमा पनि शुल्क लगाएको छ । यसको असर अमेरिकी फर्निचर बजारमा समेत पर्ने आशंका गरिएको छ ।

आयात शुल्क बढाए त्यसको जवाफ दिन आफू पनि तयार रहेको चीनले चेतावनी दिँदै आएको छ । तीन र अमेरिकाबीचको व्यापार युद्ध अहिलेसम्मकै खराब अवस्थामा पुगेको विश्लेषण भएको छ ।
चीनको विदेश मन्त्रालयले अमेरिकाले आफ्नो निर्णय सच्याउनुपर्ने बताएको छ । सुरुमा १० प्रतिशत कर वृद्धि गरेको अमेरिकाले अहिले २५ प्रतिशतसम्म कर वृद्धि गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो करवृद्धि चीनको अस्वस्थ व्यापार प्रतिस्पार्धाका कारण भएको बताएका छन् ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया