आईसीसी टी–२० विश्वकप छनोटकाे बन्द प्रशिक्षणका लागि टाेली सार्वजनिक: काे परे, काे बाहिरिए ?

 असोज २, २०७५ मंगलबार १९:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिता खेल्ने नेपाली टिमको बन्द प्रशिक्षणमा जाने १८ सदस्यीय टिम घोषणा गरिएको छ ।

दुई सातापछि मलेसियामा हुने प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक गरी १८ सदस्यीय टिम घोषणा गरिएको हो । मंगलबार घाेषित १८ सदस्यीयनेपाली टिमको कप्तानी पारस खड्काले गरेका छन् ।  १४ नियमित र ४ वैकल्पिकमा काे काे पर्छन् भन्ने कुराकाे टु‌ंगाे बन्द प्रशिक्षणका बीचमै तय हुनेछ ।

कप्तान खड्का, आईसीसीका प्रतिनिधि अनिमुल इश्लाम र मुख्य प्रशिक्षक जगत टमाटा संलग्न छनोट समितिले घोषणा गरेको टिममा ज्ञानेन्द्र मल्ल उप कप्तान छन् ।

यसैगरी अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी दिपेश श्रेष्ठ रहेका छन् । यसैगरी करन केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, सागर पुन  रहेका छन् ।

त्यसैगरी सन्दीप लामिछाने, सहाब आलम, सरद भेषावकर सोमपाल कामी र सुनिल धमला रहेका छन् । हालै एसिया कप खेलेका सुवास खकुरेल र रोहितकुमार पौडेल यस पटक टिममा अटाएनन् भने शरदले टिममा पुनरागमन गरेका छन् ।

मलेसियामा हुने छनौट प्रतियोगितामा नेपाल समूह बीमा छ । नेपालको समूहमा चीन, म्यानमार, थाइल्याण्ड, भुटान, सिंगापुर र मलेसिया रहेका छन् ।

अक्टोबर ३ देखि सुरुहुने खेलका लागि बिहीबारदेखि बन्द प्रशिक्षणमा राखिने छ । तर रोहितकुमार पौडेल भने यु १९ एसिया कप क्रिकेटका लागि जाने भएकाले सिनियर टिममा नराखिएको पनि जनाइएको छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया