एसिया कप क्रिकेटमा भारत २६ रनले विजयी

 असोज ३, २०७५ बुधबार ७:२७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

एसिया कप क्रिकेटमा भारत २६ रनले विजयी भएको छ । पहिला ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा भारतले २८५ रन बनाएको थियो । भारतका लागि शिखर धवनले सतकीय पारि सहित १२७ रन बनाएका थिए ।

२८६रनको लक्ष्य पछ्याएको हङकङ निर्धारित ओभरमा ८ बिकेट गुमाएर २५९ रनमा रोकिएको थियो । भारतलाई सफलता दिलाउन खलील अहमदल  तथा युजबेन्द्र चहलले तीन तीन विकेट लिएका थिए ।

२८६ रनको लक्ष्य पछ्याएको हङकङको शुरुआत भने सानदार रह्यो । ओपनर ब्याट्सम्यान अंशुमान रथ र निजाकत खानले पहिलो विकेटका लागि १७४ रनको साझेदासरी गरे पछि भारतलाई टाउको दुखाई भएको थियो । हङकङका कप्तान रथ ७३ रन बनाएर पहिलो विकेटका रुपमा आउट भएका थिए । 

त्यसपछि अर्को ओभरमा निजाकत खान पनि व्यक्तिगत ९२ रन बनाएर आउट भएका थिए । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको हङकङ भारतसँग पनि पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया