संविधान दिवसको अवसरमा ४ सय २१ जना विभूषित (नामसहित)

 असोज ३, २०७५ बुधबार ९:३५:४४ | उज्यालो सहकर्मी

काठमाडौं – संविधान दिवसको अवसार पारेर सरकारले ४ सय २१ जनालाई विभूषित गरेको छ । 

राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, कलाकार, साहित्यकार, डाक्टर, पत्रकार, खेलाडीलगायतलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक प्रदान गरिएको हो । 

गृह मन्त्रालयका अनुसार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई सबैभन्दा ठूलो पदक नेपाल रत्न मरणोपरान्त प्रदान गरिएको छ । यस्तै महाउज्ज्वल राष्ट्रदीप (प्रथम श्रेणी) मरणोपरान्त गजेन्द्रनारायण सिंह र अम्बर गुरुङलाई दिइएको छ । संस्कृतिविद् सत्यमोहन जोशी र राष्ट्रकवि माधव घिमिरेले पनि यही पदक पाएका छन् ।

सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, उज्ज्वल कृतिमय राष्ट्रदीप इतिहासकार तथा समाजशास्त्री डा। बालकृष्ण पोखरेल र संस्कृतिविद् जगमान गुरुङले पाएका छन् ।

प्रवल जनसेवाश्री (चतु्र्थ श्रेणी) बाट सबैभन्दा बढी १६२ जना विभूषित भएका छन् । यसमा युवा क्रिकेटर सन्दीप लामिछानेसमेत परेका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया