मलेसियामा विषाक्त रक्सीको असर : सुरक्षा सतर्कता अपनाउन नेपाली दूतावासको आग्रह

 असोज ३, २०७५ बुधबार १२:३९:४० | उज्यालो सहकर्मी

मलेसिया –  मलेसियामा विषाक्त रक्सीका कारण ६ नेपालीसहित १९ जनाको ज्यान गएपछि नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

नजिकिंदै गरेको दसैँ, तिहार र छठ पर्वमा यस्ता घटना दोहोरिने सम्भावना भएकाले सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो ।

विषाक्त रक्सीका कारण ज्यान गुमाउने ६ नेपालीका परिवारप्रति समवेदना व्यक्त गर्दै नेपाली दूतावासले मलेसियामा रहेका सबै नेपालीलाई विशेष सावधानी अपनाउन भनेको छ ।

दूतावासका अनुसार मलेसियामा विषाक्त रक्सीका कारण बेलाबेला केहीको ज्यान जाने गरे पनि यति धेरै नेपालीको ज्यान गएको र बिरामी परेको यो पहिलो घटना हो । 
यस्ता घटना नहोस् भनेर दूतावासले विभिन्न सचेतनामूलक सन्देशसहित सतर्कता अपनाउन अनुरोध गरे पनि बेलाबेला रक्सीका कारण नेपाली कामदारको ज्यान जाने गरेको जनाएको छ । 

दूतावासले मलेसियाको हावापानी, वातावरण र संस्कृति नेपालको भन्दा फरक भएकाले आफ्नो स्वास्थ्य तथा सुरक्षामा थप सतर्कता तथा अपनाउन अपील गरेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया