‘भारत’ छोडेपछि प्रियंका र सलमानबीच विवाद, प्रियंकालाई भन्सालीको सहयोग

 असोज ४, २०७५ बिहिबार ९:२४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री प्रियंका चोपडाले सलमान खानको फिल्म ‘भारत’ छोडेपछि सलमान र प्रियंकाबीच विवाद सुरु भएको छ । यही विवादका कारण अहिले बलिउडमा अन्य निर्माता तथा निर्देशहरु प्रियंकाको साथमा काम गर्न राजी छैनन् ।

सलमानको डरले निर्माता निर्देशकले प्रियंकाको साथमा काम गर्न पछि हटेपछि प्रियंका निर्देशक संजय लीला भन्सालीकहाँ सहयोग माग्न आएकी छिन् । निर्देशक संजय लीला भन्साली प्रियंका चोपडालाई सहयोग गर्न अघि सरेका छन् । भन्सालीले उनको बन्द गरिएको प्रोजेक्ट प्रियंकाकै लागि सुरु गर्ने घोषणा पनि गरेका छन् । 


भन्सालीले प्रियंकाको साथमा फिल्म ‘हिरा मन्डी’ बनाउने तयारीमा जुटेका छन् । यो फिल्म सन १९५० को दशकको मुम्बइको कहानीमा आधारित हुनेछ । खबरहरुका अनुसार भन्साली यस फिल्मको घोषणा यस वर्षको नोभेम्बरमा गर्नेछन् । यस फिल्मको चर्चा २०१७ को सुरुवातमा पनि भएको थियो । तर त्यही वर्ष यस फिल्मको काम बन्द गरिएको थियो । भन्सालीले यस फिल्मका चारवटा गीत पनि रेकर्ड गराइसकेका छन् । प्रियंका चोपडा यस फिल्ममा कोेठीमा नाच्ने महिलाको भूमिका निर्वाह गर्नेछिन् ।

खबरहरुका अनुसार भन्सालीले २०१७ मा यस फिल्मको काम रोकेर फिल्म ‘पद्मावत’को निर्माणमा लागेका थिए । त्यबेला उता प्रियंका हलिउडमा क्वान्टिको सिरिजको छायाँकंनमा व्यस्त थिइन् । प्रियंकाले यस अघि भन्साली फिल्म ‘बाजीराव मस्तानी’ मा बाजीरावकी पहिली पत्नीको भूमिकामा काम गरिसकेकी छिन् ।

चार वर्षसम्म हलिउडमा व्यस्त प्रियंका चार वर्ष पछि सलमानको फिल्म ‘भारत’ मार्फत कमब्याकको तयारीमा थिइन् । तर सलमानसँग कुरा नमिलेपछि प्रियंकाले अन्तिम समयमा फिल्म छोडिदिएकी थिइन् । त्यसपछि प्रियंकाले निर्देशक शोनाली बोसको फिल्म ‘स्काई इज पिंक’ साइन गरेकी छिन् ।

यस फिल्ममा उनी फरहान अख्तरको जोडीको रुपमा देखिनेछिन् । फ्लप अभिनेताका साथ बलिउड कमब्याक गर्न लागेकी प्रियंकालाई दर्शकको मन जित्न सक्छु या सक्दैन भन्नेमा शंका लागेकाले उनी भन्साली कहाँ सहयोग माग्न गएको खबरहरु यतिबेला चर्चामा आइरहेका छन् । भन्सालीले पनि प्रियंकालाई सहयोगको हात अगाडी बढाइसकेका छन् । 


 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया