उडिरहेको जहाजका यात्रुको नाक र कानबाट एक्कासि रगत बगेपछि(भिडियोसहित)

 असोज ४, २०७५ बिहिबार १०:४३:२८ | एजेन्सी
unn.prixa.net

यात्रुको नाक र कानबाट रगत बग्न थालेपछि मुम्बईबाट जयपुरका लागि उडेको जेट एयरवेजको एउटा विमान आकस्मिक अवतरण गरिएको छ । विमानमा रहेका १६६ मध्ये ३० जना यात्रुको नाक र कानबाट एक्कासि रगत निस्किएको थियो । 

विमान चालक दलको लापर्वाहीले गर्दा यो घटना भएको हो । चालक दलले विमानभित्रको प्रेसर रेगुलेट गर्न बिर्सेपछि हावाको दबाब बढेका कारण यात्रुको नाक र कानबाट रगत निस्किएको थियो । 

मुम्बईबाट जयपुरका लागि उडेको जहाज यात्रुहरुको स्वास्थ्यमा समस्या आएपछि फेरि मुम्बईमै अवतरण गराइएको थियो । 

भारतीय नागरिक उड्डयन प्राधिकरणका अधिकारीका अनुसार जेट एयरवेज बी७३७ एयरक्राफ्ट(९डब्ल्यू ६९७) मा यात्रा गरेका १६६ मध्ये ३३ जना यात्रुको नाक र कानबाट रगत निस्किएको थियो । 

ती अधिकारीले भने, ‘उडानका बेला क्रू मेम्बर हावाको चापको सन्तुलन मिलाउन बिर्सेका कारण नै यो दुखद घटना हुन पुग्यो । केही यात्रुलाई अक्सिजन मास्कसमेत लगाइएको थियो ।’ 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया