दिल दुखाउने यो तस्बिर जसले केही दिनमै जुटायो लाखौँ रुपैयाँ

 असोज ४, २०७५ बिहिबार ११:४६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको नयाँ दिल्लीमा नाली सफा गर्ने क्रममा एक जनाको ज्यान गएको छ ।

३७ वर्षका अनिल पश्चिमी डाबरी इलाकामा रानी र तीन सन्तानका साथ भाडामा लिइएको कोठामा बस्थे । १४ सेप्टम्बरको साझ छिमेकका एक व्यक्तिले अनिललाई नाला सफा गर्न बोलाए ।

नाला सफा गर्नका लागि उनी नालीभित्र पसे, उनको कम्बरमा बाँधिएको डोरी चुँडियो । डोरी चुडिएका कारण उनी २० फिट गहिरो नालीमा खसे ।

उनलाई तत्काल अस्पताल लगिएको थियो तर उनी बाँचेनन् । उनलाई अस्पतालले मृत घोषणा गर्यो । 
डाबरी पुलिस स्टेशनका एसएचओ विजय पालले बताए अनुसार उनी एक प्राइभेट कम्पनीमा काम गर्थे । उनलाई त्यहीँका मालिकले नाला सफा गर्न बोलाएका थिए । नाला सफा गर्ने क्रममा उनको मृत्यु भयो । 

यसअघि पनि नालामा डुबेर ५ जनाको मृत्यु भएको थियो । यसरी मृत्यु भएका घटनामा सरकार र निजी कम्पनी जवाफदेही हुँदैन । 

किन चर्चामा आए अनिल ?

अनिलको परिवारको अवस्था यति कमजोर छ कि उनीहरुसँग अनिलको दाहसंस्कार गर्ने पैसासमेत थिएन ।
 
अनिलको मृत्युपश्चात् भारतीय संचारमाध्यमका पत्रकार शिव सन्नीले एक बालकले आफ्ना बुवाको लास अघि उभिएर रोइरहेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरे । तस्वीरमा अनिलको शव सेतो कपडाले बेरिएको छ भने छेउमा उनका छोरा एउटा हात बाबुको शवमा र अर्को हात आफ्नो शीरमा राखेर रोइरहेका छन् ।

यो तस्बिर केही समयपछि हजारौँ मानिसले रिट्वीट गरिदिए । उनको परिवारको लागि यो तस्बिर सबैभन्दा महत्वपूर्ण बन्यो । ‘क्राउडफण्डिङ’बाट अहिलेसम्म झण्डै ५० लाखभन्दा बढी रकम उठेको छ ।

–बीबीसीको सहयाेगमा 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया