यसरी मनाइयो धुर्मुसको जन्मदिन, ३५ लागे यी लाेकप्रिय कलाकार

 असोज ४, २०७५ बिहिबार १४:५८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - कलाकार सिताराम कट्टेल (धुर्मुस) ले बिहीबार आफ्नो ३५ औं जन्मदिन मनाएका छन् ।

रेडियो अडियोले विशेष कार्यक्रमको आयोजना गरेको कार्यक्रममा उनले केक काटेर जन्मदिन मनाएका हुन् । कलाकरितासँगै समाज सेवामा समेत सकृय  कट्टेलले नयाँ कामका निम्ति अघि बढिरहेको बताए ।

रेडियो अडियोले आयोजना गरेको उक्त जन्मदिन विशेष कार्यक्रममा उनलाई शुभकामना उनकी धर्मपत्नी कुन्जना घिमिरे (सुन्तली), केदार घिमिरे (माग्ने बुढा) लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो । 

धुर्मुसले सुन्तलीलाई सार्वजनिक रुपमै चुम्बन गरेपछि माहोल निकै तातिएको थियो ।

जन्मदिन विशेष कार्यक्रममा सितारामलाई शुभकामना दिँदै श्रीमती कुञ्जनाले  सिताराम आफ्नै निम्ति भनेर यो धर्तीमा आएको धारणा राखिन् । 
दुईबीचको माया हिजो भन्दाआज बढ्दै गएको कुञ्जनाको भनाई थियो ।

कार्यक्रमा केदार घिमिरे (माग्ने बुढा)ले सितारामसँगको सहकार्यलाई सरसर्ती सम्झिए । उनले सितारामले देशका निम्ति गरेको योगदानले सिंगो कलाकारिता क्षेत्रको शिर उच्चभएको बताएका थिए ।

दिनको लागि कलाकार ३५ आैं जन्मदिनका अवसरमा थियो । हिजोआजका कुरा टेलिश्रृंखलाबाट कलाकारिता क्षेत्रमा आवद्ध भएका सिताराम यतिबेला कलाकारितासँगै विकास निर्माणमा समेत लागिपरेका छन् ।

उनी केही समय भित्रमा नै चलचित्रनिर्माणमा लाग्ने तयारीमा छन् ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया