अस्कर अवार्डका लागि नेपालबाट चलचित्र ‘पञ्चायत’ छनोट

 असोज ४, २०७५ बिहिबार १६:१७:१० | उज्यालो सहकर्मी

काठमाडाैं - चलचित्र ‘पञ्चायत’अस्कर अवार्डको ९१ औ श्रृङ्खलाका लागि छनोट भएको छ ।

एकेडेमी अफ मोशन पिक्चर आर्टस् एण्ड साइन्सेसले हरेक वर्ष अस्कर अवार्डको आयोजना गर्दै आएको छ । अवार्डमा सहभागी हुनका लागि भने ‘तान्द्रो, पञ्चायत र माइलभ’ दर्ता भएका थिए । तर ‘तान्द्रो र माइ लभलाई पछि पार्दै चलचित्र पञ्चायत छनोट भएको हो ।

छनोटमा परेका तीनै चलचित्रहरुको एकेडेमीका सबै मापदण्ड पुग्ने स्तरीय एवम् अब्बल दर्जाका सिर्जनाहरु रहेका थिए । तर प्राविधिक पक्ष, कथ्यको प्रस्तुति पक्ष, चरित्रहरुको भावानात्मक विश्लेषण लगायतका आधारमा भने शिवम् अधिकारीले निर्देशन गरेको चलचित्र ‘पञ्चायत’ लाई छनोट गरिएको हो ।

अस्कर अर्वाडमा विदेशीभाषी सर्वोत्कृष्ट चलचित्रको विधामा प्रतिस्पर्धा हुने गर्दछ ।  नेपाली चलचित्र ‘पञ्चायत’ ५० वर्ष पुरानो कथामा निर्माण भएको चलचित्र हो ।

अस्कर अवार्डका निम्ति नेपालबाट चलचित्र छनोट गर्न समिति नै गठन गरिएको छ । छनोट समितिमा संयोजक विमल पौडेल रहेका छन् भने सदस्यहरुमा राजेन्द्र शलभ, सामिप्यराज तिमिल्सिना, चिरञ्जीवी गुरागार्इं ,लक्ष्मीनाथशर्मा, लोकेन्द्र पराजुली र प्रदिपकुमार उपाध्याय रहेका छन् ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया