समाज कता जाँदैछ ? १० वर्षीय बालकद्वारा ६ वर्षीया बालिका बलात्कृत

 असोज ४, २०७५ बिहिबार २०:१:५५ | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय बालकलाई पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका बण्डकी ६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बिहीबार त्यही ठाँउका १० वर्षीय बालक पक्राउ परेका हुन् । 

बालकले आफूलाई बलात्कार गरेको बालिकाले बताएको पीडितकी आमाले बताउनुभयो । आमाका अनुसार बालिका विद्यालयबाट घरमा पुग्नासाथ घरको पछाडि गएकी थिइन् । धेरै बेरसम्म छोरी घरभित्र नआएपछि हेर्न जाँदा बालिकाले हातले च्यापेर दुख्यो भन्दै रोएको आमाको भनाई छ । 

‘स्कुलबाट आएपछि घरको पछाडि गएकी छोरी धेरै बेरसम्म भित्र आइन’, पीडतकी आमाले भन्नुभयो ‘पछि हेर्न जाँदा हातले थिचेर रुँदै थिई । त्यति बेलासम्म खुन पनि आएको थिएन् ।’

बालिका कक्षा २ मा अध्ययनरत छिन् । उनको विद्यालयमा बलात्कार भयो वा बिदा भएपछि घर आउने बेलामा बलात्कार भयो भन्ने खुल्न सकेको छैन् । 

छोरीले गुप्तांग दुख्यो भनेपछि आफूले गर्मीका कारण पिसाब पोलेरे दुख्यो होला सोचेको पीडिक बालिकाकी आमाले बताउनुभयो ।   

‘मैले त गर्मीले गर्दा पिसाब पोलेर दुख्यो होला भनेर हेरेँ’, आमाले भन्नुभयो, ‘हेर्दा सुरुमा अलिअलि खुन देखियो । एकछिनमा उठ्दा त भूइँमा खुनको ताल परिसकेको थियो ।’ 

छोरीको त्यस्तो अवस्था देखेपछि घर नजिक रहेका शिक्षकलाई घरमा गएर उहाँले सोध्नुभयो ।  शिक्षकले आफूलाई थाहा नभएको बताउँदै अर्को दिन छोरीलाई विद्यालय लिएर आउनु भनेको उहाँले बताउनुभयो । 

‘कसले हो भन्दा छोरीले एउटा केटाको नाम लिएर उसको दाइले हो भनी’, बालिकाकी आमाले भन्नुभयो, ‘शिक्षकले भोलि आउनु भनेपछि छिमकेकै अर्को एकजनालाई सुनाए । उनले प्रहरीमा फोन गरे ।’ 

प्रहरीले बालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ । उनी त्यसै विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् । 

यस्तै, बालिकाको महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

कञ्चनपुरमा मात्रै गएको साउनदेखि हालसम्म १७ जना बालबालिका बलात्कारको शिकार भएका छन् । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

6 Comments

  • नविन

    Oct. 30, 2020, 12:01 p.m.

    हो त्यही भएर त बिदेशीको संस्कार नसिक भनेको । नेपाली पोसाक, नेपाली संस्कार, नेपाली सदभाव, हो यही नै कायम गर्नु पर्छ / गराउन पर्छ । ढोगेर आशिर्वाद लिने ठाउमा मेचमा बसेर लिने दिने , धुप-अछेता-फुल-बाती जलाएर सदभाब बाँड्ने चलन बिर्सेर चुम्बन गर्ने, अङ्गालो मार्ने । अनि बच्चाहरुलाई सानै देखि कुन सभ्य ब्यबहार-बानी हो , कुन होईन, त्यो सबै सिकाउनु पर्छ र बानी बसाउनु पर्छ । प्राकृतिक रुपले दिएर पाईएको चोला, जिम्मेवार र भुमिका निभाउन सानै देखी सिकाउन पर्छ । काम महिला पुरुस एउटै भए पनी महिलाले बच्चा नजन्माएर पुरुषले बच्चा पाउन पर्छ भने जस्तै गर्छ आजकालको महिला । बिशेष महिलाहरुलाई पुरुषहरुले घर ब्यबहार मात्रै नभएर , सामाजिक ब्यबहार, परिवरिक ब्यबहार, संस्कार संस्कृतिको पाठ सिकाउनु पर्छ । सानै देखी नैतिकताको जिम्मेवारी सिकाउन पर्छ । आफु आफैले पनि सही मनसाय गरेर प्रेरित गर्न पर्छ । अब अचेल सबै बच्चाहरु रोडमा , घरघर डुल्न , दुनिया सङ्गत गर्न , सबथोक हेर्ने गर्छन । बाउआमा पैसा , पद , ईजत-ईमान कमाउनमै ब्यस्त हुन्छन । तर यो काम गर्न चाही नेपालमा सही ट्रेन्ड छैन । खाली छल्ने, ढाट्ने, पिट्ने, तर्साउने , चोरीचुकली गर्ने , यस्ता बनी बुकेका बाउआमाको बच्चा यस्तो नगरे के गर्छ ??

  •  0 Reply
  • Sudesh bishwakarma

    Oct. 4, 2020, 5:59 a.m.

    आखिर येस्ता घटना कतिन्जेल सम्म सरकार? ठुलालाई चैन सानालाई ऐन नै हो त। यस्तो पराले आउदा सन्ततिले के सिक्लान्😭😭😭

  •  0 Reply
  • Santosh

    Aug. 8, 2020, 2:47 p.m.

    त्यो केटो दस वर्षको मात्रै हुन सक्दैन ।

  •  0 Reply
  • Biswash Koirala

    Oct. 3, 2018, 8:53 a.m.

    Hang all the rapists or cut them into 2 pieces in mid chowk or Tudikhel.

  •  0 Reply
  • बिबस कुलुङ

    Sept. 21, 2018, 4:54 p.m.

    समाचार र हल्लाको प्रभाब हो ।

  •  0 Reply
  • अमृत श्रेष्ठ

    Sept. 21, 2018, 6:39 a.m.

    समाज विक्रिती बिसङ्गती तर्फ अघी लम्किरहेछ । भनिन्छ नी आजका बालक काँचो माटो हो। जे सिकायो उनिहरु त्यही सिक्छन् ।उनिहरुमा सही या गलत छुट्याउन सक्ने क्षमताको विकास हुदैन। त्यसमा पनि अहिले प्रमुख चर्चाको विषयमा रहेको छ कञ्चनपुरको निर्मला हत्या काण्ड प्रकरण, आखिर किन दोषिलाई कारवाही भएको छैन। बलत्कारी खुलेआम हिडिरहेछ, शुरक्षा प्रशासन निकाय निर्दोषिलाई दोषी साबित गर्न खोज्छ । जब सम्म यस्ता घटनाको राम्रो सँग छानबिन भई दोषीलाई कारवाही हुदैन तबसम्म यस्ता जघन्य अपराध दिनानुदिन नबढ्ला भन्न सकिदैन । यस्तैमा हुदा हुदा साना बालबालिकाहरुलाई पनि त्यस्तो प्रव्रितीले छोएछ। सम्बन्धीत निकाय गम्भिर भई सोच्नुपर्ने बेला आएको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया