एसिया कप : रासिद खानको विस्फोटक ब्याटिङ, अफगानिस्तानले बंगलादेशलाई दियो २५६ रनको टार्गेट

 असोज ४, २०७५ बिहिबार २१:२०:१३ | एजेन्सी
unn.prixa.net

एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा अफगानिस्तान र बंगलादेश भिडिरहेका छन् ।

अबुधाबी मैदानमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै ७ विकेटको नोक्सानीमा २५५ रन बनाएको छ । अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ५८ रनको पारी खेलेका थिए ।

यसैगरी अफगानिस्तानका अलराउण्डर रासिद खानले विस्फोटक ब्याटिङ गर्दै ५७ रन जोडेपछि टिमले सम्मानजनक स्कोर खडा गर्न सफल भएको हो । रासिदले ३२ बलमा ८ चौका तथा १ छक्का प्रहार गरे । त्यसैगरी गुलाबदिन नाइब पनि ४२ रनमा नट आउट  रहे । उनले ३८ बलमा ५ चौका प्रहार गरेका थिए । 

बंगलादेशका शकिब अल हसनले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए । १० ओभर बलिङ गरेका हसनले १ ओभर मेडन राख्दै ४२ रन खर्चिए । बंगलादेशले २५६ रनको लक्ष्य पछ्याउँदै छ ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया