नवलपरासीमा बस दुर्घटना, ३२ जना घाइते  (घाइतेको विवरणसहित )

 असोज ५, २०७५ शुक्रबार ७:८:४३ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – काठमाडौंबाट दाङका लागि छुटेको बस नवलपरासीको मध्यविन्दु ११ कुसुण्डेमा दुर्घटनामा परेको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । ना ६ ख ९२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

विपरीत दिशाबाट आउदै गरेको आर जे १४ जिसी ३८४९ नम्बरको भारतीय ट्रकसँग ठोक्कि“दा बस दुर्घटनामा परेको हो । बसमा कम्तीमा ६० जना सवार रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । घाइतेको पुरानो मेडिकल कलेज भरतपुर र मनकामना पोलिक्लिनिक अरुणखोलामा उपचार भैरहेको छ ।

प्रहरीले उपलब्ध गराएको घाइतेको विवरण यस प्रकार रहेको छ ।

 मनकामना पोलिकिल्निक अरुणखोला मा उपचार भैरहेको घाइतेहरुको नामावली 
 

१)रुकुम जिल्ला खोलागाउँ बस्ने वर्ष १८ को राजकुमार ओली दाइने खुट्टा र पाखुरामा चोट, अवस्था– सामान्य
२) दाङ जिल्ला बस्ने वर्ष ३० को भक्त बहादुर राना टाउको र हातमा चोट, अवस्था–सामान्य
३) दाङ बस्ने वर्ष २१ को भरत राना मगर ढाडमा चोट, अवस्था–सामान्य
४) सल्यान जिल्ला पैयाँ खर्क बस्ने वर्ष ५५ को बेल बहादुर रोका हात र टाउकोमा चोट, अवस्था–सामान्य
५) सल्यान जिल्ला बस्ने वर्ष ४९ को आनन्द खड्का टाउको मा चोट, अवस्था सामान्य
६) रुपन्देही भैरहवा बस्ने वर्ष १९ को सञ्जय सुनार बायाँ कानमा चो, अवस्था –सामान्य
७) रुपन्देही शिद्घार्थ न.पा.९ बस्ने वर्ष १४ को कृष्ण गुप्ता, अवस्था – सामान्य
८) दाङ लमही बस्ने वर्ष २७ को शैगात चौधरी, अवस्था – सामान्य
९.दाङ तुलसीपुर बस्ने वर्ष १८ की भावना खड्का खुट्टामा चोट, अवस्था – सामान्य
१०) दाङ तुलसीपुर बस्ने वर्ष २४ को पबन कुमार खड्का घुडामा चोट, अवस्था– सामान्य
११) रुपन्देही भैरहवा बस्ने वर्ष १९ को जितेन्द्र बडु, अवस्था – सामान्य
१२) दाङ तुलसीपुर बस्ने वर्ष २२ को कुबेर भारती, अवस्था – सामान्य
१३ दाङ घोराही बस्ने वर्ष ३६ को यमराज न्यौपाने, अवस्था –  सामान्य
१४) दाङ घोराही बस्ने वर्ष २४ शेर बहादुर ओली, अवस्था –सामान्य
१५) रुपन्देही भैरहवा बस्ने वर्ष १५ सन्तोष राई ढाडमा चोट, अवस्था –  सामान्य
१६) रुपन्देही सिद्धार्थ न.पा.९ बस्ने वर्ष १४ को कृष्ण गुप्ता हातमा चोट, अवस्था –  मध्यम
१७) सल्यान सारदा नगर न.पा.१० बस्ने वर्ष ४९ को आनन्दलाल खड्का अनुहार मा चोट, अवस्था –  सामान्य
१८) रुपन्देही सिद्धार्थ न.पा.८ बस्ने वर्ष १९ को सन्देश सुनार टाउकोमा चोट, अवस्था –   मध्यम
१९) रुपन्देही सिद्धार्थ न.पा.६ बस्ने वर्ष १८ को मिरा पौडेल बायाँ हातमा चोट, अवस्था –  मध्यम
 

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको घाइतेको नामावली

१) सुर्खेत बस्ने वर्ष २५ की हिना सुनार  टाउकोमा चोट, अवस्था –  मध्यम
२. रुपन्देही बस्ने वर्ष ३५ को प्रेम दाहाल टाउकोमा चोट, अवस्था –  मध्यम
३) रुपन्देही बस्ने वर्ष २७ की पुष्पा दाहाल टाउकोमा चोट, अवस्था –  मध्यम
४) रुपन्देही बस्ने वर्ष ५ को प्रसिद्घ दाहाल टाउकोमा चोट, अवस्था –  मध्यम
५) रुपन्देही बस्ने वर्ष ४ की प्रसना दाहाल भित्री चोट, अवस्था –  सामान्य
६) दाङ पोहरी न.पा.१६ बस्ने वर्ष ९ को प्रमोद चौधरी टाउकोमा चोट, अवस्था –  मध्यम
७) दाङ बस्ने वर्ष ३५ को बुद्घिराम चौधरी दाइने हातमा चोट, अवस्था –  मध्यम
८) बारा बस्ने वर्ष २३ को आकास कुमाल दाइने हातमा चोट, अवस्था –  मध्यम
९) बारा बस्ने वर्ष २६ को श्याम कुमाल मुखमा चोट, अवस्था –  सामान्य
१०) दाङ तुलसीपुर बस्ने वर्ष २२ को प्रभु चौधरी मुखमा चोट, अवस्था –  सामान्य
११) दाङ तुलसीपुर बस्ने वर्ष १४ को साजन चौधरी निधारमा चोट, अवस्था –  सामान्य
१२) कपिलबस्तु बुद्ध वाटिका न.पा. १२ बस्ने वर्ष ३३ को खिमानन्द घिमिरे टाउकोमा चोट, अवस्था –  मध्यम
१३) दाङ हेकुलि न.पा. ४ बस्ने वर्ष ३० को आश्विन विक टाउकोमा चोट, अवस्था –  मध्यम

अन्तिम अपडेट: फागुन २९, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया