आजबाट हलमा ‘इन्टु मिन्टु लण्डनमा’, ‘बाँध मायाले’ र ‘धूम ३’

 असोज ५, २०७५ शुक्रबार १३:२७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आज शुक्रबारबाट एकै साथ ३ चलचित्र रिलिज भएका छन् । आजबाट रिलिज भएका चलचित्र हुन् । ‘इन्टु मिन्टु लण्डनमा’, ‘बाँध मायाले’ र ‘धूम ३’ ।

रेनशा  वान्तवा राईले निर्देशन गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, सारुक ताम्राकार र नवनायक धिरज मगरको मुख्य भूमिका रहेको छ । लामो समयको कोरियोग्राफी पछि निर्देशनमा डेब्यू गरेकी रेनशाले पनि यसै चलचित्रबाट निर्दैशनमा डेब्यू गरेकी हुन् ।

यसै चलचित्रबाट नायक धिरज मगरले पनि चलचित्र नगरीमा डेब्यू गर्दै छन् । साम्राज्ञी राज्यलक्ष्मी शाह, धिरज मगर, सारुक ताम्राकार, विजय लामा, अर्जुन श्रेष्ठ, दिलभषूण पाठक, रुबी राणा, विवेक लिम्बूलगायतका कलाकारहरुको समेत चलचित्रमा मुख्य अभिनय रहेको छ ।

त्यस्तै आजैबाट फ्लोरमा आएको अर्को चलचित्र हो ‘बाँध मायाले’ । यो चलचित्रका गीत संगीतलाई समेत दर्शकले रुचाएका छन् । चलचित्रलाई‘बाँधमायाले’लाई रामहरि धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका  हुन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।  

चलचित्रमा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ किशोर खड्कासँगै राजाराम पौडेल, रवीन्द्रप्रताप सेन, विशाल चाम्लिङलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको निदेर्शन सविर श्रेष्ठले गरेका हुन् ।

आजैबाट रिलिज भएको तेस्रो चलचित्र हो ‘धूम ३’ । जयकिसन बस्नेतको निर्देशन, लेखन र निर्माण रहेको चलचित्र ‘धूम ३’ मा अलिना रायमाझी, जयकिसन बस्नेत, प्रज्ज्वल गिरि, लय संग्रौला, सोभित बस्नेत, उत्तम केसी, सुरवीर पण्डित, सिम्रन कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  अन्य २ चलचित्रको तुलनामा‘धूम ३’भने प्रचार–प्रसारको हिसाबले पनि केही पछाडि देखिएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया