पेट्रोलियम पदार्थ सर्टेज भएपछि सरकारले तोक्यो कोटा, मोटरसाइकललाई ५ लिटर मात्रै

 असोज ५, २०७५ शुक्रबार १४:५७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले सवारी साधनहरुमा पेट्रोल खपतको कोटा तोकिदिएको छ ।

सवारी चालकहरुको विरोधका कारण पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा असहज भएको भन्दै सरकारले मोटरसाइकल तथा स्कुटरलाई ५ लिटरसम्म पेट्रोल उपलब्ध गराउने भएको छ । त्यस्तै साना सवारी साधन कार, भ्यान आदीलाई १५ लिटरसम्म पेट्रोल उपलब्ध गराइने नेपाल आयल निगमले जनाएको छ ।

डिजेलबाट सञ्चालन हुने छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीलाई बढीमा १०० लिटर इन्धन उपलब्ध गराइने निगमले जनाएको छ ।
निगमले एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारीलाई उच्च प्राथमिकतामा राखेर इन्धन वितरण गर्न सूचना जारी गरेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया