कश्मीरमा तीन प्रहरीको अपहरणपछि हत्या

 असोज ५, २०७५ शुक्रबार १९:४५:२ | रासस
unn.prixa.net

भारत प्रशासित कश्मीरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ । 

स्थानीय निर्वाचनको पूर्व सन्ध्यामा शुक्रबार यस्तो तनावपूर्ण घटना भएको छ । 

दशकौँदेखि हिंसा भइरहेको ठाउँमा पछिल्ला महिना हिंसाका घटना थप बढेको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । त्यस्ता घटना धेरै प्रहरीतर्फ केन्द्रित भएका छन् । 

सन् १९४७ मा बेलायती उपनिवेशबाट मुक्त भएदेखि नै कश्मीरमा भारत र पाकिस्तानबीचको सीमानालगायतका विषयलाई लिएर विवाद हुँदै आएको छ । दुवै देशले कश्मीरलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएका छन् । 

कश्मीर क्षेत्रलाई नियन्त्रणमा लिनका लागि भारतले झण्डै पाँच लाख सुरक्षाकर्मी त्यस क्षेत्रमा खटाएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया