एसिया कप : अफगानिस्तानले दियो पाकिस्तानलाई २५८ रनको लक्ष्य

 असोज ५, २०७५ शुक्रबार २१:२९:५२ | एजेन्सी
unn.prixa.net

एसिया कप क्रिकेट अन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानलाई अफगानिस्तानले २५८ रनको लक्ष्य दिएको छ । 

एसिया कपमा सनसनीपूर्ण प्रदर्शन गर्दै आएको अफगानिस्तानले समूह चरणमा श्रीलंका र बंगलादेशलाई हराइसकेको छ । आजको खेलमा पाकिस्तानविरुद्धको खेलमा पनि उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर २५७ रन बनाएको छ । 

अफगानिस्तानका लागि हस्मतुल्लाह साहिदीले ९७ रनको उत्कृष्ट पारी खेलेका छन् ।

अस्गर अफगान ६७ रनमा आउट हुँदा रहमत साहले ३६ रन जोडेका थिए । पाकिस्तानका लागि मोहमद नवाजले  तीन तथा सहिन साह अफ्रिदीले २ विकेट लिएका थिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया