एसिया कप : बंगलादेशविरुद्ध भारतको शानदार जित

 असोज ६, २०७५ शनिबार ६:१३:४८ | एजेन्सी
unn.prixa.net

एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको पहिलो खेलमा भारतले बंगलादेशलाई सात विकेटले हराएको छ । 

टस हारी पहिला ब्याटिङ गरेको बंगलादेशले ४९.१ ओभरमा सबै विकेट गुमाएर १७३ रन बनाएको थियो ।

१ सय १ रन बनाउँदा बंगलादेशले ७ विकेट गुमाएको थियो । त्यसपछि केही सुधारिएको प्रदर्शन गरे पनि भारतविरुद्ध ठूलो स्कोर भने खडा गर्न सकेन । बंगलादेशका लागि मेहदी हसनले सर्वाधिक ४२ रन बनाउँदा मसरफे मोर्तजाले २६ रन बनाएका थिए ।

बंगलादेशविरुद्ध भारतीय बलहरु हाबी हुने क्रममा रविन्द्र जडेजाले ४ विकेट लिए । भुवनेश्वर कुमार र जसप्रित बुमराहले तीन तीन विकेट लिए ।

१७४ रनको विजयी लक्ष्य भारतले तीन विकेट गुमाउँदै ३६.२ ओभरमै पूरा गर्यो । 

रोहित शर्माले कप्तानी पारी खेल्दै नटआउट ८३ रन बनाए । त्यस्तै ओपनर शिखर धवनले ४७ बलमा ४० रनको योगदान दिए ।  त्यस्तै तेस्रो नम्बरमा ब्याटिङका लागि आएका अम्बाती रायुडुले १३ रन बनाए । त्यसपछि ब्याटिङ गर्न आएका महेन्द्रसिहं धोनीले ३३ रनको योगदान दिए । 

बंगलादेशका लागि शकिब अल हसन, रुबेल हुसेन तथा मसरफे मोर्तजाले समान एक–एक विकेट लिए । 

एसिया कपमा भारतले आइतबार पाकिस्तानसँग खेल्नेछ । समूह चरणको खेलमा भारतले पाकिस्तानलाई आठ विकेटले हराएको थियो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया