निर्देशक रेनशा र साम्राज्ञीको सम्बन्ध किन चिसियो ?

 असोज ६, २०७५ शनिबार ८:०:३८ | उज्यालो सहकर्मी

काठमाडौं – शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र हो ‘इन्टु मिन्टु लण्डनमा’ । यस चलचित्र युनिटले रिलजअघि प्रिमियर शोसमेत गर्यो ।

प्रिमियर शोमा चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । प्रिमियरमा चलचित्रका मुख्य कलाकारहरु धिरज र सारुकको उपस्थिति थियो । तर त्यहाँ मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको उपस्थिति थिएन । साँझ करिब ६ बजे कार्यक्रम सुरु भयो, साम्राज्ञीको उपस्थितिबिनै चलचित्रका निर्माता प्रभु शमशेर जबरासहितको टिमले रिबन काटे । तर चलचित्रकी नायिका आउने नआउने अत्तोपत्तो थिएन ।

उनी नआएपछि निर्देशक रेनशा वान्तवा राईको हात समात्दै अभिनेताद्वय धिरज मगर र सारुक ताम्राकारले प्रिमियरमा इन्ट्री लिएका थिए । यता सबैमा कौतुहलता थियो, के चलचित्रको प्रिमियरमा नायिकासाम्राज्ञी नआउने नै हुन त ? पालै संँग नायक सारुक, धिरज हुदै निर्देशक रेनशा बान्तवाले चलचित्रका विषयमा आ–आफ्नो धारणा राखे । कार्यक्रम सुरु भएको करिब २५ मिनेटपछि कार्यक्रम सञ्चालिकाले साम्राज्ञी आउँदै गरेको बताइन् । सबैले बोलिसकेपश्चात सबैजना स्टेजबाट बाहिरिइसकेका थिए । तर कार्यक्रममा उपस्थित पाहुना सबै साम्राज्ञीको पर्खाइमा थिए ।

त्यसको केही समयपश्चात बल्ल सबैको प्रतिक्षाको घडी समाप्त गर्दै साम्राज्ञीे उपस्थित भइन् । कालो पहिरनमा निकै आकर्षक देखिएकी उनले साथमा आमालाई समेत लिएर आएकी थिइन् । उनको उपस्थितिपश्चात सबैको ध्यान साम्राज्ञीतिर नै केन्द्रित भयो । उनको तस्बिर खिच्न सुरु भयो तर उनको साथमा तस्बिर खिच्न कोही अएन । अन्ततः उनले त्यसका लागि आफ्नै आमाको साहारा लिइन् ।

केहीबेर उनले तस्बिर खिचाएपश्चात फेरि पनि उद्घोषिकाले निर्देशक र कलाकारलाई स्टेज अगाडि आउन अनुरोध गरिन् । त्यसपछि पनि रेनाशा, धिरज र सारुक अगाडि उपस्थित भए । तर त्यहाँ साम्राज्ञीलाई कसैले वास्तासम्म नगरेको देखियो । 

अझै अचम्म त के भयो भने निर्देशक रेनशा बान्तवा राईले उनको आमालाई अंकमाल गरिन् तर साम्राज्ञीसँग अंकमालको त कुरै छाडौँ उनले साम्राज्ञीलाई ‘हाई’ सम्म पनि भनिनन् । 

यता धिरज र साम्राज्ञीलाई नियाल्ने हो भने सायद कसैले पनि भन्दैन थियो होला उनीहरु एकआपसमा परिचित छन् । चलचित्र सुरु गर्नुअघि फेरि पनि युनिटले चलचित्रका विषयमा धारणा राखे । तर निर्देशक राई माइक समाउन नपाउँदै भक्कानिएर रुन थालिन् ।

उनलाई सम्हाल्न धिरज अघि बढे र सारुक पनि उनीसँगै निर्देशक राईलाई सम्हाल्न पुगे तर साम्राज्ञीले भने त्यो दृश्य एकोहोरो भएर हेरिमात्र रहिन् । यसबाट स्पष्टै भएको थियो, रेनशा र साम्राज्ञीको सम्बन्धमा केही न केही भएकै छ । नत्र भने निर्देशक त्यो भक्कानिरहँदा दुई नायकले भन्दा साम्राज्ञीले उनलाई सम्हाल्न प्रयास गरेको भए त्यो दृश्य अर्कै हुन्थ्यो होला ।

चलचित्र रिलिजको संघारमा भएका बेला चलचित्रकी नायिका साम्राज्ञी भने अवार्डका निम्ति जापानतिर लागेकी थिइन् । उनीहरुको सम्बन्ध बिग्रिनुको मुख्य कारण नै यही भएको बुझिएको छ । साम्राज्ञी जापानबाट फर्किएपछि रेनशा र साम्राज्ञीको बोलचाल नै बन्द भएको कुराले चलचित्रनगरीमा चर्चा पाइरहेको छ ।

चलचित्र रिलिज भइरहेको अवस्थामा निर्देशक र नायिकाबीचको यो सम्बन्धले कसलाई फाइदा पुर्याउला? खैर जे भए पनि चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’लाई शुभकामना ।
 

-उज्यालाे र गफगाफ डटकमकाे सहकार्यमा

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया