चोरीका समान बिक्री गर्ने व्यापारीलाई कडा कारबाही गर्ने अर्थमन्त्री खतिवडाको चेतावनी

भन्सार कर छली गर्ने व्यापारीलाई दोब्बर कारबाही गरिने

 असोज ६, २०७५ शनिबार १७:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले चोरीका सामान बिक्री गर्ने व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

अर्थमन्त्री खतिवडाले सुन, गाडी वा अन्य कुनै पनि चोरी गरेर ल्याइएको सामान बिक्री गरे सरकारले त्यस्ता व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिनुभएको हो ।

शनिबार काठमाडौंमा आयोजित नेपाल खुद्रा व्यापार संघको ३९ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकारले इमान्दार व्यापारीलाई मात्रै संरक्षण दिने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री खतिवडाले राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली गर्ने व्यापारीलाई सरकार दोब्बर कारबाहीको दायरामा ल्याउन बाध्य हुने पनि स्पष्ट पार्नुभयो ।

उहाँले विगतमा राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली हुने गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिइने दृढता समेत व्यक्त गर्नुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया