२५ दिनअघि हराएका बालक अझै फेला परेनन्

 असोज ६, २०७५ शनिबार १८:५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली –घोडाघोडी नगरपालिका वडा नम्बर ४ गैडाखेडाका एक बालक बेपत्ता भएको  २५ दिनसम्म पनि फेला परेका छैनन् ।

गएको भाद्र १२ गते आफ्नै घरबाट रातको समयमा हराएका १४ वर्षका बालक होमप्रसाद न्यौपाने अझै परिवारको सम्पर्कमा नआएको बालककी दिदी रंगिता न्यौपानेले बताउनु भएको छ ।

भदौ १२ गते राति ११ बजे  सुतेको बेला घरबाटै भाइ अचानक हराएको उहाँले बताउनुभयो । बेपत्ता होमप्रसाद न्यौपानेको  खोजीको लागि इलाका प्रहरी कार्यालय सुखडलाई जानकारी गराइसकेको उहाँले बताउनुभयो ।

बालक जान सक्ने सम्भावित ठाउँहरूमा खोजी गरिसक्दा समेत फेला नपरेपछि परिवार हैरान बनेका छन् । यता इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले बालकको खोजी तीव्र गतिमा भइरहेको बताउनुभयो ।

घरबाटै बालक बेपत्ता भएको खबर आए लगत्तै आफूहरुले खोजी कार्य सुरु गरे पनि अझै फेला पार्न नसकेको उहाँले बताउनुभयो । घरबाटै बेपत्ता बालक होमप्रसाद न्यौपाने सुखडस्थित सप्तश्री माविमा कक्षा ६ मा अध्यानरत थिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया