तितेपातीबाट तेल उत्पादन सुरु

 असोज ६, २०७५ शनिबार १९:१५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको पाथेकामा तितेपातीबाट सुगन्धित तेल उत्पादन थालिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१०, पाथेकाका स्थानीयले खेर गइरहेका तितेपातीलाई प्रशोधन गर्दै तेल उत्पादन थालेका हुन् । स्थानीय ९ उद्यमीले समृद्धिपथ एग्रो कम्पनी प्रालिमार्फत १५ लाखको लगानीमा तापखोलास्थित त्रिबेणी शनिबारेमा तेल प्रशोधन उद्योग स्थापना गरेका हुन् ।

उखेगबाट अहिलेसम्म २५ लिटर तेल उत्पादन भइसकेको लगानीकर्ता रहेका पाथेकाका वडाध्यक्ष मुगाधन राईले बताउनुभयो । काठमाडौंबाट कतिपयले प्रतिलिटर साँढे ८ हजारका दरले तितेपातीको तेलको माग आउन थालेको राईले जानकारी दिनुभयो ।

एक पटकमा ७ सय केजी तितेपातीबाट झण्डै एक लिटर तेल निकाल्न सकिन्छ । दिनमा दुई घान तितेपाती मात्र पकाउन सकिने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया