छैठौं दक्षिण एसियाली तेक्वान्दाे प्रतियोगितामा  विजयी पाल्पाका १९ खेलाडी सम्मानित

 असोज ६, २०७५ शनिबार १९:५८:४९ | देव पचभैया

पाल्पा – छैठौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दाे प्रतियोगिता २०७५ मा विजयी हुने पाल्पाका १९ जना खेलाडीलाई  सम्मान गरिएको छ ।  

पाल्पा आईटीएफ तेक्वान्दो संघले शनिबार दिउँसो तानसेन टुँडिखेल मैदानमा विजयी खेलाडीहरुलाई सम्मानपत्र र मायाको चिनोले पुरस्कृत गरेको हो । 

नेपाल ईन्टरनेशनल तेक्वाण्दो महासंघको आयोजनामा गएको जेठ २८ र २९ गते काठमाडौंमा भएको प्रतियोगितामा सहभागी भई बिनोद रखाल, साजन पचभैया, एन्जिल  कुँवर, दानकुमार सारु र  विजय सारुले स्वर्ण पदक प्राप्त गरेका थिए । 

प्रतियोगितामा समीक्षा गाहा, सुशिला थापा, सौरभ श्रेष्ठ , पुजन घर्तीमगर, उज्वल गहतराज, रमेश नेपाली, केशव सुनारी, बिकास मल्ल र अमृत थापाले रजत पदक र रजन रेग्मी, सुमन श्रेष्ठ, निसप थापा, हेम मश्र्राङ्गी र सुजन सारुले कास्यपदक प्राप्त गरेका थिए ।

विजयी खेलाडीहरुलाई प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य नारायण आचार्य, अन्तरराष्ट्रिय प्रशिक्षक निर बहादुर सारु र जिल्ला खेलकुद विकास समिति पाल्पाका अध्यक्ष करुणा काफ्लेले सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै जिल्ला खेलकुद समिति पाल्पाका अध्यक्ष करुण काफ्ले, नेपाल ईन्टरनेशनल तेक्वाण्दो महासंका केन्द्रिय सदस्य प्रेम लगायतले विजयी खेलाडीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । 

कार्यक्रम पाल्पा आईटीएफ तेक्वान्दो संघका जिल्ला अध्यक्ष निर बहादुर सारुको अध्यक्षतामा भएकोे थियो । 
 

अन्तिम अपडेट: चैत २०, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया