तीन लाख रुपैयाँसहित १२ जुवाडे पक्राउ

 असोज ६, २०७५ शनिबार २०:२५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – जिल्ला प्रहरी कार्यालय दाङले झण्डै तीन लाख रुपैयाँसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट २ लाख ८९ हजार एक सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १४ कपासीमा अवैध जुवा खेलिरहेका उनीहरुलाई शुक्रबार राति ९ बजेतिर पक्राउ गरिएको हो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया