इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

 असोज ६, २०७५ शनिबार २२:१:१३ | एजेन्सी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । पाँचौ चरणसम्म तेस्रो स्थानमा रहेको सिटीले शनिबार रातिको खेलमा कार्डिफमाथि ५–० को जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको हो । 

शनिबारको नतिजासँगै एक खेल कम खेलेको चेल्सी शीर्ष स्थानबाट तेस्रो स्थानमा आइपुगको छ । ६ खेलमध्ये सिटीले ५ मा जित र एउटामा बराबरी गर्दै १६ अंक पुर्याएको छ ।

५ खेलमा शतप्रतिशत जित निकालेको चेल्सी १५ अंकसहित तेस्रो स्थानमा आएको हो । लिभरपुल ६ खेलमा शतप्रतिशत जित हात पार्दै १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । शनिबार सिटीले कार्डिफ माथि ५–० को जित निकालेको थियो । सिटीको जितमा रियाद मेहरेजले २ तथा  सर्जियो अगुरो, बर्नान्डो डि सिल्भा,गण्डगनले एक-एक गोल गरेका थिए ।

३२ औं मिनेटमा सर्जियो अगुरोले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा डि सिल्भाले गोल संख्या दोब्बर बनाएका थिए भने ४४ औं मिनेटमा गण्डगनले टिमका लागि तेस्रो गोल गरे । पहिलो हाफमा ३ गोल गरेको सिटीले दोस्रो हापमा थप २ गोल गरेको थियो । ती दुवै गोल रियाद मेहरेजले गरेका हुन् । उनले ६७ औं र ८९औं मिनेटमा व्यक्तिगत दुई गोल गर्दा टिमको सिटीको स्कोर ५–० पुगेको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया