सामसङ ‘ग्यालेक्सी नोट नाइन' प्रिबुकिङ गर्ने ग्राहकलाई पुरस्कार, कसले के पाए ?

 असोज ७, २०७५ आइतबार ९:१९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सामसङ इलेक्ट्रोनिक्स नेपालले सामसङ ‘ग्यालेक्सी नोट नाइन' प्रिबुकिङ गर्नुहुने ग्राहकहरु मध्येबाट भाग्यशाली विजेता छनोट गरेको छ ।  भाग्यशाली विजेताहरुको छनोट आफ्नो आधिकारिक फेसबुक पेज www.facebook.com/samsungnepalofficial बाट लाइभ प्रसारण गरिएको थियो ।  

विजेता भएका विनय चौधरीले प्रथम पुरस्कार स्वरुप टर्किस एयरको विजिनेस क्लासको राउन्ड टिकट प्राप्त गर्नुभएको छ । त्यसै गरी निकेश प्रजापतिले के जि एच होटलका डेस्टिनेशनमा २ रात वस्ने टिकट जित्नुभएको छ । 

त्यसै गरी तेस्रो विजेताका रुपमा दुर्गा बहादुर घिमिरे र नारायण न्यौपानेले लेट मि इनको तर्फबाट जनही  रु १०००० को भौचर प्राप्त गर्नु भएको छ । त्यसै गरी क्षितिज तुलाचन र श्याम बज्राचार्य ले Samsung Gear Fit2 Pro जित्नुभएको छ । 

सामसङले यो योजना अगस्ट महिनाको १७ तारिखदेखि ३० तारिखसम्म मात्र सञ्चालन गरेको थियो । प्रिबुकिङ गर्नुहुने सम्पूर्ण ग्राहकहरुलाई फोन एक वर्ष भित्रमा टुटफुट भएमा बीमा दावीको साथ १८००० एम बि एनसेल डाटा प्रदान गरेको थियो । 

प्रिबुकिङ गर्नु हुने ग्राहकले छालाको वालेट कभर र एच डि एम आई एडेप्टर वा थप रु. १०००० थप गरी ं एच डि एम आई एडेप्टर को सथा सामसङ कर्भ मनिटर प्राप्त गर्न सकिने सुविधा प्रदान गरेको थियो । विजेता व्यक्तिले आफ्नो पुरस्कार दावी गर्न कुपन देखाउनु पर्ने थियो ।  

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया