राष्ट्रकविको घरमै पुगेर राष्ट्रपतिद्वारा शुभकामना

 असोज ७, २०७५ आइतबार १०:१०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदिनको शुभकामना दिनुभएको छ । राष्ट्रकविको लाजिम्पाटमा रहेको निवासमै पुगेर राष्ट्रपतिले शुभकामना दिनुभएको हो ।

एकसय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले शुभकामनासँगै हातमा फूलको बुकी समेत दिनुभयो । राष्ट्रकविलाई शुभकामना दिन बिहानैदेखि उहाँको निवासमा परिवार, आफन्त र शुभचिन्तकको घुईंचो लागेको छ ।

तस्बिर : रासस


 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया